‘होटल प्यासा’मा माफिया चन्दन प्रभाकर | Khabarhub Khabarhub

‘होटल प्यासा’मा माफिया चन्दन प्रभाकर


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतीय कमेडियन कपिल शर्माले सन् २०१७ मा राजीव ढींगराको फिल्म ‘फिरंगी’मा अभिनय गरेका थिए । यो फिल्ममा उनले प्रहरी बन्न प्रयासरत एक युवाको भूमिकामा अभिनय गरेका थिए ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार यिनै निर्देशक राजीव अर्को नयाँ फिल्म बनाउदैछन् । जुन फिल्ममा कपिल नभई कपिलका सहकर्मी तथा मिल्ने साथी चन्दन प्रभाकरले अभिनय गर्दैछन् ।

‘फिल्ममा चन्दनले कमिक भिलेनको भूमिका निभाउनेछन् र बिन्नू ढिल्लों फिल्ममा प्रमुख भूमिकामा देखिनेछन्’, राजीवले भनेका छन् । राजीवले फिल्ममा चन्दन एक पानी माफियाको भूमिकामा देखिने बताए । जो हरेक समय आफ्नो समूहसँग बसेका हुन्छन् ।

चन्दनले फिल्मको कथा मनपरेको बताए । ‘म जहिल्यै अलिक फरक चरित्र निभाउन चाहन्थें । फिल्मको कथाबस्तु सुनेपछि काम गर्न सहमत जनाएँ’, चन्दनले भने । कपिल, राजीव र चन्दन नौं कक्षाबाट साथी बनेका हुन् ।

‘हामी एकै सहर र एकै स्कुलका विद्यार्थी हौं । कपिल र म ९एमा थियौं । जबकि चन्दन ९बीमा थिए । हामीले एकै थिएटरमा सहकार्य गर्यौ । त्यसपछि म ‘द ग्रेट इण्डियन लाफ्टर च्यालेन्ज’सँग जोडिएँ ।’ राजीवले भनेका छन् ।

फिल्मको नाम ‘होटल प्यासा’ राखिएको छ । फिल्ममा राजीव, नितिन केनी, नवीन चन्द्र र शान्ति भूषण रोयको लगानी हुनेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १ : ०० बजे

रसिया–युक्रेन युद्ध : एक घाइते रोल्पालीको बकपत्र

मेरो घर रोल्पाको लुङग्री गाउँपालिकामा पर्छ । उमेरले म ४४

मधेस प्रदेश लोसपा सांसदीय दलका नेता शर्मा निलम्बित

जनकपुरधाम –  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अभिराम शर्मालाई निलम्बन

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

काठमाडौँ–  काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले

६ जना सचिवको सरुवा गर्ने मन्त्रिपरिषद्‌‌को निर्णय

काठमाडौं – सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार

पर्याप्त सुधार गरेर आगामी बजेट ल्याउने तयारीमा छौँ : अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले पर्याप्त सुधार गरेर आगामी वर्षको बजेट