बिरामी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते | Khabarhub Khabarhub

बिरामी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।

मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नंको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा लैजाँदै गरेको जिप दुर्घटना भएको हो । घाइते चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा सिफारिस गरिएको छ ।

यसैगरी मालिका–३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन् । तातोपानी प्रहरी चौकी, तातोपानी र पखेरका स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए । दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक राईले बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ८ : ४३ बजे

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको

आजको प्रतिनिधिसभा बैठकको कार्यसूची कस्तो छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिने

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल