कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने | Khabarhub Khabarhub

कांग्रेसले संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले प्रतिनिधिसभाको पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने जनाएको छ ।

सभापति सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार सम्पन्न पार्टीको पदाधिकारी बैठकले संसद् बैठकपछि निर्माण हुने परिस्थितिअनुसार निर्णय लिनुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकले अहिले नै हतारिए कसैलाई समर्थन गर्न नहुने निष्कर्ष निकालेको सहमहामन्त्री डा प्रकाशशरण महतले बताए ।

नेता महतले भने, “नेकपा कसरी अघि बढ्छ भनेर अहिले परिपक्व स्थिति बनेको छैन् । अहिले पनि नेकपा एउटै छ । नेकपाको संसदीय दलको नेता केपी शर्मा ओली हुनुहुन्छ, यो अवस्थामा उहाँहरुको पार्टी भोलि कसरी अघि बढ्छ । एकै रहन्छ वा अर्काे परिस्थिति आउँछ भन्ने विषय कांग्रेसको नियन्त्रणभित्रको कुरा होइन ।”

कांग्रेसलाई विभिन्न दलबाट सरकारको नेतृत्वको प्रस्ताव आएको छ नि भन्ने प्रश्न उनले अहिले त्यसको कुनै अर्थ नरहेको जवाफ दिए ।

सर्वाेच्च अदालतले मङ्गलबार प्रतिनिधिसभा विघट्न सम्बन्धमा परेका विभिन्न रिटको सुनवाइ गर्दै पुनःस्थापना गर्ने फैसला गरेपछि नयाँ राजनीतिक परिस्थिति सम्बन्धमा छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ६ : ४६ बजे

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं– नेपाल र वेष्ट इन्डिज ‘ए’ बीच पाँच खेलको शृंखला

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६

वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिलो इनिङमा नेपालले फिल्डिङ गर्ने

काठमाडौं – वेस्ट इन्डिज ‘ए’विरुद्ध पाँचौं तथा अन्तिम खेलको पहिलो इनिङमा

युद्धविराम वार्ता गर्न हमासका प्रतिनिधि कायरो जाने

एजेन्सी – गाजापट्टीमा सक्रिय प्यालेस्टाइनी हमास समूहले इजरायलसँग युद्धविरामसम्बन्धी वार्ता