नेकपा कसको पार्टी भन्ने फागुन २० मा टुंगो लाग्ने | Khabarhub Khabarhub

नेकपा कसको पार्टी भन्ने फागुन २० मा टुंगो लाग्ने


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक दल कसको भन्ने टुंगो आउँदो फागुन २० गते लाग्ने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीसँग नाम जुधाएको विषयमा नेकपाका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनमा बिहीवार सुनुवाइ सकिएपछि फैसला मिति तोकिएको हो ।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बिहीवार सुनुवाइ सकिएको थियो । फैसला सुनाउने मिति फागुन २० लाई तोकिएको छ ।

नेकपाका अध्यक्ष कट्टेलले वि.सं. २०६९ सालमा नेकपा नामक पार्टी आफूले दर्ता गरेको तर पछि नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि वि.संं. २०७५ साल जेठ ३ गते निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै नाममा निर्वाचन आयोगमा दर्ता गरेको विरुद्ध रिट दायर गरेका थिए ।

निर्वाचन आयोगले त्यतिबेला केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको पार्टी नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएको निर्णय गरेको थियो ।

अध्यक्ष कट्टेलले वि.सं. २०७५ मंसिर २१ गते आयोगको उक्त निर्णयविरुद्ध रिट दायर गरेका थिए । उक्त रिटमा फैसला हुन लागेको हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ६ : ३४ बजे

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी