भारतीय दूतावासले यसरी मनायो ७२ औँ गणतन्त्र दिवस (फोटोफिचर) | Khabarhub Khabarhub

भारतीय दूतावासले यसरी मनायो ७२ औँ गणतन्त्र दिवस (फोटोफिचर)


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ७२ औं गणतन्त्र दिवस विवध कार्यक्रमको आयोजना गरी मनाएको छ ।

दिवसका अवसरमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले झण्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराएका थिए । त्यसपश्चात भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।

उक्त दिवसको अवसरमा राजदूतद्वारा वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई नेरु ३.६८ करोड नगद तथा कम्मल वितरण गरी सम्मान गरिएका थियो ।


दूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक उपहारस्वरुप प्रदान गरेको छ ।

आजै दूतावासले इंडिया हाउसमा स्वागत समारोहको आयोजना गरेको थियो ।  समारोहमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए ।

स्वागत समारोहमा नेपालका पूर्व राष्ट्रपति रामवरण यादवले ‘India-Nepal Alumni Network Sampark’ का साथै www.samparkbharatnepal.com वेबसाइटको शुभारम्भ गरेका थिए ।

समारोहमा भारतमा अध्ययन गरेका नेपालका शीर्ष नेता, अधिकारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन उनीहरुले योगदानलाई कदर गर्दै सम्मान समेत गरिएको थियो ।

भारतीय राजदूतावासद्वारा आयोजित ‘ Maitri Through My Lens’ फोटो प्रतियोगिताका तीन उत्कृष्ट प्रतियोगीलाई चेक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
हेरौँ केही तस्वीरहरु

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ९ : ०४ बजे

पूर्वमन्त्री शेर्पा एमाले जिल्ला उपाध्यक्षमा पराजित, शेरधनले बनाए पकड

भोजपुर-तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

काठमाडौं– नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा

बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

काठमाडौं– कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

काठमाडौं– आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको