सामाजिक सञ्जालमा भाइरल अर्जुन जबरजस्ती करणी र अपहरणको अभियोगमा पक्राउ | Khabarhub Khabarhub

सामाजिक सञ्जालमा भाइरल अर्जुन जबरजस्ती करणी र अपहरणको अभियोगमा पक्राउ


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक संजालमा सार्वजनिक भएपछि भाइरल बनेका अर्जुन बिक पक्राउ परेका छन् ।

उनलाई जबरजस्ती करणी, अपहरण र शरीर बन्धकका अभियोगमा पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेपछि गत ८ गते अर्जुनलाई काठमाडौंबाट पक्राउ गरेर कैलाली लगिएको हो ।

अर्जुनविरुद्ध गत भदौ ११ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा अभियोग दर्ता भएको थियो ।

१३ वर्षीया बालिकालाई अपहरण गरी शरिर बन्धक बनाई अर्जुनले २०७३ जेठ ३० गते काठमाडौं महानगरपालिका १० देवीनगरस्थित कोठामा डर, धाक, धम्की दिई जबरजस्ती करणी गरेको आरोप लगाइएको छ ।

उनी उपर जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ७ : ५७ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई