'माउन्ट केटू' हिमाल आरोहण गरी फर्किएको टोलीलाई प्रधानमन्त्रीले दिए बधाई | Khabarhub Khabarhub

‘माउन्ट केटू’ हिमाल आरोहण गरी फर्किएको टोलीलाई प्रधानमन्त्रीले दिए बधाई


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकै दोस्रो सर्वोच्च शिखर ‘माउन्ट केटु’ सफल आरोहण गरेर फर्किएका नेपाली टोलीलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको कार्यक्रममा उनले पर्वतारोहीले नेपालीको नाम उचो राखेको भन्दै बधाई दिए ।

“नेपाल बहादुर लडाकुको मात्र देश नभएर साहसीहरुको देश हो भनेर पुष्टि भएको छ,” कार्यक्रममा बोल्दै उनले भने “विश्वमा जति पनि साहसिक काम छ अब त्यो नेपालीहरुलाई छाडिदिए हुन्छ ।”

नेपाली १० जनाको टोलीले हालै विश्वको दोस्रो अग्लो ‘ माउन्ट केटू’को सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमानी राखेका थिए । उनीहरुले हिउँदको समयमा सो हिमालको सफलतापूर्वक आरोहण गरी कीर्तिमानी राखेका छन् ।

नेपाली १० आरोहीको अहिले चौतर्फी प्रसंशा भइरहेको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ४ : ५३ बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ