बामपन्थी नेता कुँवरलाई प्रचण्डले दिए श्रद्धाञ्जलि | Khabarhub Khabarhub

बामपन्थी नेता कुँवरलाई प्रचण्डले दिए श्रद्धाञ्जलि


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- ९४ वर्षको उमेरमा निधन भएका पुराना वामपन्थी नेता खम्बासिंह कुँवर ‘काजीबा’ लाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।

चितवन पुगेर काजीबालाई प्रचण्डले अन्तिम श्रद्धाञ्जली दिएका हुन् । मधुमेह, रक्तचाप, प्रोस्टेट लगायतका स्वास्थ्य समस्या बेहोरिरहेका काजीबाको भरतपुर अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो ।

उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सल्लाहकार थिए । कुँवर वि.सं. १९८४ बैशाख १० गते लमजुङ जिल्ला बाङ्ग्रे–७ मा जन्मिएर चितवन गीतानगर, केशरवागमा बसोबास गर्दै आएका थिए ।

उनको जन्म बुबा ललितजंङग कुँवर र आमा पुतली कुँवरका कान्छा छोराको रुपमा भएको थियो । उनका २ छोरा र ४ छोरी छन् ।

भारतीय सेनाको सेवा सुविधालाई छोडेर देश र जनताका निम्ति क्रान्तिमा होमिएका कुँवरले कम्युनिष्ट पार्टीको सदस्यता २०११ सालमा लिएका थिए ।

२०३१ सालमा सम्पन्न चौथो महाधिवेशनबाट वैकल्पिक पोलिट्व्यूरो सदस्यमा निर्वाचित भएका उनी ०४३ सालको अन्त्य तिर गण्डक ब्यूरोबाट सरुवा भई नारायणी ब्यूरोमा आएका थिए ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  १ : ४० बजे

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका

आईसीसी टी–२० विश्वकप खेल्न जान लागेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना 

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भाग

तुम्लिङटार विमानस्थलमा उडान ठप्प

किमाथांका– सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ