दमदार पोस्टरका साथ 'RRR' को रिलीज डेट सार्वजनिक | Khabarhub Khabarhub

दमदार पोस्टरका साथ ‘RRR’ को रिलीज डेट सार्वजनिक


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना कहरका कारण गत वर्ष बलिउडमा धेरै फिल्म रिलिज हुन पाएनन् । तथापी नयाँ वर्षको शुरुवातमा केही फिल्महरु रिलिज हुन थालेका छन् । यसैबीच ‘बाहुबली’का निर्माता एसएस राजामौलीको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ को पोस्टर र रिलिज डेट सार्वजनिक भएको छ ।

मल्टीस्टारर फिल्म ‘आरआरआर’ आगामी दशैंको अवसर पारी यही वर्ष अक्टुबर १३ मा रिलिज हुने भएको छ । फिल्ममा जूनियर एनटीआर, राम चरण, अजय देवगन, आलिया भट्ट, समुथिरकानी र एलीसन डूडीसहित बलिउडका लोकप्रिय कलाकारको अभिनय रहेको छ ।

फिल्ममा आलिया राम चरणको जोडीको रुपमा देखा पर्नेछिन् । जबकी जूनियर एनटीआर ओलिवियाका साथमा रोमान्स गर्दै देखिनेछन् । ‘आरआरआर’ एक अखिल भारतीय फिल्म हो । यो फिल्म तेलुगू, हिन्दी, तमिल, मलयालम, कन्नडसहित अन्य कैयौं भाषामा रिलीज गरीनेछ । फिल्मको सुटिंग लगभग सकिने अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ९ : ४२ बजे

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

अत्तरिया– कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन्

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर