राष्ट्रिय महिला फुटबल लिग : आज दुई खेल हुँदै | Khabarhub Khabarhub

राष्ट्रिय महिला फुटबल लिग : आज दुई खेल हुँदै


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

एन्फा कम्प्लेक्समा बिहान साढे ११ बजे हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकासँग खेल्दैछ ।

यस खेलमा पुलिस दोस्रो जितको खोजीमा हुनेछ । पुलिस चार अङ्कसहित तेस्रो स्थानमा छ भने वालिङसँग एक अङ्क छ । पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १–१ गोलको बराबरी खेलेको थियो ।

आज हुने दोस्रो खेलमा विभागीय टोलीहरू एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्दैछन् ।

यस खेलमा एपीएफ लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ । यसअघि उसले पहिलो खेलमा चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकालाई हराएको थियो ।

एपीएफ दुई खेलमा छ अङ्क जोडेर शीर्ष स्थानमा छ । आर्मी भने समान दुई खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा छ । उसले पहिलो खेलमा पुलिससँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा वालिङलाई हराएको थियो ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ९ : १५ बजे

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार