खोपका विषयमा आत्म केन्द्रित नबन्न एस्ट्राजेनेकाको आग्रह | Khabarhub Khabarhub

खोपका विषयमा आत्म केन्द्रित नबन्न एस्ट्राजेनेकाको आग्रह


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अक्सफोर्ड विश्वविदालयसँगको सहकार्यमा कोभिड–१९ को खोपको विकास गरेको बेलायती औषधि उत्पादक कम्पनी एस्ट्राजेनेकाले खोपको मात्रा प्राप्त गर्ने सम्बन्धमा केही देशहरूले ‘म पहिलो’ दृष्टिकोणलाई प्राथमिकतामा राखेको भन्दै यस धारणाप्रति चासो व्यक्त गरेको छ ।

एस्ट्राजेनेकाका प्रमुख कार्यकारी पास्कल सोरियटले ‘दाभोस वर्ल्ड इकोनोमिक फोरम’को विद्युतीय माध्यममार्फत् सञ्चालित कार्यक्रममा बोल्दै घातक कोरोनाभाइरस महामारीको लागि वैश्विक तयारीको अभाव रहेको बताए ।

‘कोभिड–१९ विरूद्धको खोपको आगमन विश्वव्यापी खुशी मनाउनको लागि एक आधार हुनसक्दछ तर खोपका लागि आत्म केन्द्रित व्यवहार अनपेक्षित तथा चिन्ताको विषय हो,’ उनले भने, ‘विश्वव्यापी रूपमा भन्नुपर्दा हामी यो महामारीको लागि अझ राम्रो तयारी गर्नुपर्छ भन्ने कुरा न्यायसङ्गत छ ।’

कोरोनाभाइरसले २० लाखभन्दा बढी व्यक्तिको ज्यान लिएको अवस्थामा अन्तर्राष्ट्रिय सहकार्य जरूरी भएको उनले औँल्याए ।

औद्योगिकिकरण भएका विश्वका प्रमुख राष्ट्रहरूले रोकथामका लागि स्वास्थ्य क्षेत्रको मात्रै तीन प्रतिशत रकम खर्चिनु सुखद् नभएको उनले बताए ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ६ : ४५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र