टी-ट्वान्टी एसिया कप : नेपालको दोस्रो जित | Khabarhub Khabarhub

टी-ट्वान्टी एसिया कप : नेपालको दोस्रो जित


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया नेपालले दोस्रो जित निकालेको छ ।

दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहीबार कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो ।

कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलब ३ ओभरमा केवतले एक विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा इन्दु बर्माले १३ कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन् । कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले हात पारिन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलब ४ ओभरमा अल आउट हुदै जम्मा २७ रन जोडेको थियो ।

कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन ।

नेपालले यसअघि भुटानलाई ८ विकेटले पराजित गरेको थियो भने पहिलो खेलमा हङकङसँग हारेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  १ : १२ बजे

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी