‘जटामसी’को औषधीय महत्त्व | Khabarhub Khabarhub

‘जटामसी’को औषधीय महत्त्व


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तलैदेखि पात पलाउने, राता तथा खैरा प्रशस्त रेसाहरूले काण्ड छोपिएको यो एक महत्त्वपूर्ण वनस्पति हो ।

यसको फूलको रङ गुलाबी सेतो हुन्छ र फूलहरू एउटै झुप्पोमा फुल्दछन् । यसको उपयोगी अङ्ग भनेको काण्ड हो । जटामसीको जरालाई नटुटाइकन काण्डहरु निकाली पानीमा राम्रोसँग सफा गर्ने । त्यसपछि छायाँमा राम्रोसँग सुकाउने ।

अनि आवश्यक मात्रालाई धुलो पारी कुट्ने । यसरी कुटेर तयार पारिएको ३-४ ग्राम जटामसीको धुलोमा थोरै वीरेनून, भुटेको जिरा, ज्वानो मिलाई पिसेर मनतातो पानीसँग सुत्नुभन्दा आधा घण्टा पहिले दिनहुँ दुई तीन पटक सेवन गर्नाले अनिद्रा हट्छ । खानामा रुचि बढ्छ ।

जटामसीको जरालाई हल्का थिचेर पानीमा १२ घण्टा भिजाएर मिचमाच गरी छानेर खानाले सर्दी नाश गर्छ । पिसाबको मात्रालाई बढाउँछ । ३-४ ग्राम जटामसी चूर्ण (धुलो) मा एक दुई चम्चा मह मिलाएर एक गिलास दूधसँग सेवन गर्नाले मस्तिष्क तथा नाडी तन्तुहरूलाई तागत दिन्छ । मनको चञ्चलता हट्छ । यो औषधि रक्तचापका रोगीहरूका लागि पनि उत्तिकै उपयोगी छ ।

उन्माद (बौलाहापन), छारे रोगका रोगीहरूका लागि पनि यसको प्रयोगले राम्रो फाइदा गर्छ । जटामसी चूर्णमा थोरै मह वा चिनी र कागतीको मिश्रण गरी लेप बनाउने । उक्त लेपलाई कपाल, अनुहारमा लगाई मनतातो पानीले सफा गर्नाले कपाल र मुहारलाई सुन्दर र आकर्षक बनाउँछ ।

साभार  : हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ७ : ४९ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र