इटालियन सिरी ‘ए’: इन्टर र युभेन्ट्सबीचको खेल बराबरीमा रोकियो | Khabarhub Khabarhub

इटालियन सिरी ‘ए’: इन्टर र युभेन्ट्सबीचको खेल बराबरीमा रोकियो


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युभेन्ट्स र इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् ।

आइतबार राति खेलको अन्तिम समयमा अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले पेनाल्टीमार्फत गोल गरेपछि इन्टर मिलान र युभेन्ट्सले १–१ गोलको बराबरी खेलेका हुन् ।

घरेलु टोलीले इन्टरले खेलको १७औँ मिनेटमा इडेन जेकोको गोलबाट अग्रता लिएको थियो । खेलको अन्तिम समयमा डिबलाले गोल गर्दै युभेन्ट्सको हार टारे ।

यो बराबरीपछि इन्टर ९ खेलबाट १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । युभेन्ट्स १५ अंक जोडेर छैटौँ स्थानमा छ ।

आइतबार राति भएको खेलमा एटलान्टा र उडिनेसले १-१ को बराबरी खेल्दा फियोरेन्टिनाविरुद्ध क्याग्लिएरी ३-०को जित पायो । यस्तै हेलास भेरोनाविरुद्ध लाजियो ४–१ ले विजयी रहँदा रोमा र नेपोलीले गोल रहित बराबरी खेले ।

सिरी ए मा ९ खेलबाट २५ अंकसहित नापोली शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ८ : ३० बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड