असोजदेखि अहिलेसम्म कति भए ? मानव अधिकार उल्लङ्घनका घटना | Khabarhub Khabarhub

असोजदेखि अहिलेसम्म कति भए ? मानव अधिकार उल्लङ्घनका घटना


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज महिनामा ७४ जना व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । इन्सेकले असोज महिना र कात्तिक ७ गतेसम्मको घटनालाई विश्लेषण जारी आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा २० पुरुष र ५४ महिला गरी गरी ७४ जना व्यक्तिमाथि मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको उल्लेख छ ।

इन्सेकको तथ्याङ्कअनुसार वाग्मती र लुम्बिनी प्रदेशमा १६/१६, प्रदेश २ मा १४, प्रदेश १ मा ११, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६/६ र गण्डकी प्रदेशमा पाँच जना पीडित भएको उल्लेख छ । असोजमा प्रहरीको गोली लागि चार जनाको मृत्यु भएको छ । यो अवधिमा पत्नी हत्याका तीन, परिवारजनबाट हत्याका दुई, बलात्कारपछि हत्याको एक र अन्य घटनामा चार गरी १४ जनाको हत्या भएको छ । यो अवधिमा दुई जनाको मृत्यु कारागारमा भएको छ भने एक जनाको मृत्यु हिरासतमा भएको छ ।

असोजमा अपहरणका घटनामा दुई, कुटपिटका घटनामा सात, घाइते दुई, दुव्र्यवहारका घटनामा चार जना पीडित भएको इन्सेकले जनाएको छ । बालअधिकार उल्लङ्घनका घटनामा २६ जना बालिका तथा महिला अधिकार उल्लङ्घनका घटनामा १६ जना पीडित भएका छन् भने बालअधिकार उल्लङ्घनका घटनामा परी २६ जना बालिका पीडित भएका छन् ।

अभिलेखित घटनाहरूमध्ये बलात्कारका घटनामा १९, यौन दुव्र्यवहारका घटनामा ६, बेचबिखन प्रयासको घटनामा एक र विद्यालयमा शारीरिक दण्ड सजायको घटनामा एक जना पीडित भएका थिए । त्यसैगरी बलात्कारका घटनामा ६ जना, बलात्कार प्रयासका घटनामा ६, यौन दुव्र्यवहारको घटनामा एक, बेचबिखन, बेचबिखन प्रयास र घरेलु हिंसाका घटनामा एक-एक जना महिला पीडित भएका उल्लेख छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ६ : १८ बजे

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित