एएफसी यू–२३ एसियन कप छनोट आजदेखि | Khabarhub Khabarhub

एएफसी यू–२३ एसियन कप छनोट आजदेखि


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली युवा राष्ट्रिय फुटबल टोलीले इरानविरुद्ध खेल्दै एएफसी यू–२३ एसियन कप छनोटको यात्रा सुरु गर्दैछ । ताजिकिस्तानमा आज (सोमबार)देखि सुरु हुने छनोट खेलमा निकै बलियो मानिएको टोली इरानविरुद्ध खेल्दै नेपालले छनोट प्रतियोगिताको सुरुआत गर्नेछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आफ्नो टोलीले उच्च प्रदर्शन गर्ने भन्दै राम्रो नतिजाको आशा राखेका प्री म्याच कन्फरेन्समा बताए ।

उनले विपक्षी टोली बलियोे भए पनि आफ्नो टोलीले नतिजाका लागि सक्दो प्रयास गर्ने बताए । तेइस खेलाडी र १२ अफिसियलसहित ३५ सदस्यीय टोली मङ्गलबार त्यसतर्फ प्रस्थान गरेको थियो ।

छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा इरानसँगै आयोजक ताजिकिस्तान र लेबनान छन् । नेपालले आफ्नो दोस्रो खेल कात्तिक ११ गते ताजिकिस्तानसँग खेल्नेछ भने अन्तिम खेल कात्तिक १४ गते लेबनानसँग खेल्नेछ ।

एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई विभिन्न ११ समूहमा विभाजन गरेको छ । नेपालले हालसम्म एएफसी यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहीन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको छैन ।

नेपाली यू–२३ टोलीको गोलरक्षकमा अर्पण कार्की, विशाल सुनार र अभिषेक बराल छन् भने डिफेन्डरमा सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, अभिषेक लिम्बू र शिव गुरुङ छन् । त्यसैगरी मिड फिल्डरमा नितिन थापा, सुरज ज्यू ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट तथा रोशन पहारी छन् भने फरवार्डमा मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ र ऋतिककुमार खड्का छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ६ : ४३ बजे

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा