एनसीबीको दाबी– भारती जोडीको जमानत ‘खतरनाक संकेत’ | Khabarhub Khabarhub

एनसीबीको दाबी– भारती जोडीको जमानत ‘खतरनाक संकेत’


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– लागुऔषध मामलामा टेलिभिजन होस्ट र कमेडियन भारती सिंह तथा उनका पति हर्ष लिम्बाचियालाई जमानत दिने निर्णय प्रति नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले बिहीबार आपत्ति जनाएको छ । उसले मुम्बईको एक सत्र अदालतमा लागुऔषध मामलामा भारतीय र उनका पतिलाई जमानत दिने मजिस्ट्रेट अदालतको आदेश ‘समाजमा खतरनाक संकेत’ साबित हुन सक्ने चेतावनी दिएको छ ।

एनसीबीले अदालतको आदेशले समाजमा हाई प्रोफाइल अपराधी अदालतबाट सजिलै रिहा हुने सन्देश दिएको दाबी गरेको छ । ‘यो निर्णयले हाई प्रोफाइल अपराधीहरु अभियोग पक्षको कुरा नसुनी सजिलै रिहा भइरहने एक खतरनाक संकेत समाजका लागि दिएको छ’, एनसीबीले भनेको छ ।

एनसीबीले गत वर्ष नोभेम्बर १२ मा भारती र हर्षको अँधेरीस्थित घरमा छापा मारेपछि जोडीलाई पक्राउ गरेको थियो । यो जोडीलाई कम मात्रामा मारिजुआना राखेको र नशालु औषधिको सेवन गरेको आरोपमा पक्राउ गरिएको थियो ।

छापामारीमा उनीहरुको घरबाट ८६ दशमलब ५० ग्राम गाजा पनि बरामद गरिएको थियो । यो जोडीले आफूहरु भाङको सेवन गर्ने गरेको स्वीकारेका थिए ।

यो जोडीले पक्राउ पर्नासाथ सेप्टेम्बर २२ मा जमानतका लागि अदालतको ढोका ढकढक्याएका थिए । यो मुद्धालाई एनसीबी र पब्लिक प्रोसिक्यूटरको अदालतमा पेश गरिएको थिएन । जसलाई ध्यानमा राख्दै उनीहरुलाई १५ हजार निजी मुचुल्कामा जमानत दिइएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १ : २० बजे

बेथितियुक्त अहिलेको प्रणालीविरुद्ध आन्दोलनको विकल्प छैन : कमल थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको

नेपाललाई तेस्रो सफलता, वेस्ट इन्डिज ‘ए’ का कप्तान आउट

काठमाडौं– वेस्ट इन्डिज ए विरुद्ध नेपालले तेस्रो सफलता हासिल गरेको

चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने 

काठमाडौं– चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा गरेको छ

लगानी सम्मेलनमा प्रधानमन्त्रीले भने : नेपाल लगानीका लागि प्रिमियम गन्तव्य

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको

जसपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय