अभिनेत्री बन्न निर्देशककै अगाडि साडी लगाउथे युवती | Khabarhub Khabarhub

अभिनेत्री बन्न निर्देशककै अगाडि साडी लगाउथे युवती


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमरउजाला)– समय पूर्ण रुपमा परिवर्तन भइसकेको छ । समयसँगै फिल्मजगतमा पनि उस्तै परिवर्तन भइसकेको छ । फिल्मलाई मनपराउने दर्शकहरु फिल्मसँग जोडिएका हरेक साना कुरा जान्न चाहन्छन् । अडिसनदेखि फिल्ममा काम पाउने समयसम्मको प्रक्रिया कसरी अगाडि बढ्छ भन्नेसम्मको बारेमा जान्न फ्यानहरु उत्सुक हुन्छन् ।

सन् १९५१ को दशकमा अभिनेत्रीहरुलाई फिल्ममा आफ्नो स्थान बनाउन कतिको सकसपूर्ण थियो र उनीहरुले कसरी अडिसन दिन्थे भन्ने कुरा यहाँ खुलाइएको छ ।

आजको समयमा अडिसन लिनका लागि एक कास्टिङ टिम नै हुन्छ र उनीहरुले कैयौं चरणको अडिसन लिन्छन् । तर सन् १९५१ को दशकमा निर्देशक आफैंले अभिनेत्रीको अडिसन लिन्थे । सन् १९५१ को अडिसनको एक तस्वीर जेम्स बुर्केले लिएका थिए, जुन तस्वीर एक लोकप्रिय पत्रिकामा प्रकाशन भएको थियो । तस्वीरमा फिल्म जगतका लोकप्रिय निर्देशक अब्दुल राशिद करदार युवतीहरुको स्क्रिन टेस्ट लिइरहेको देखिन्छ ।

यो दशकमा युवतीहरु घरबाट अडिसनका लागि कुनै तयारी नगरी निर्देशकको अफिसमा पुग्थे । जहाँ उनीहरुले निर्देशककै अगाडि साडी लगाउँथे । जहाँ निर्देशकहरुले युवतीको अभिनयसँगै शरीरको लुक्सलाई पनि निरिक्षण गर्थे ।

आफ्नो फिल्मको अभिनेत्री छनोटका लागि निर्देशक निकै सुक्ष्म रुपले अभिनयसँगै अभिनेत्रीको हरेक बस्तुको विशेष ख्याल राख्थे । निर्देशकले अभिनेत्रीको कपालदेखि हरेक विषयबारे ध्यान दिन्थे ।

त्यो समयमा कोही अभिनेत्रीलाई फिल्ममा अनुबन्ध गर्नुअघि उसलाई हरेक भूमिकामा हिम्मत बढाउन र हरेक चुनौतीलाई आत्मविश्वासका साथ सामना गर्न निर्देशकले अडिसन लिने गर्दथे । युवतीहरु साडीसँगै पश्चिमा ग्ल्यामर लुक्सका पहिरनमा पनि अडिसन दिन्थे ।

त्यो समयमा कुनै पनि फिल्ममा अभिनय गर्न पाउनु सजिलो कुरा थिएन । अभिनेत्रीहरुले अडिसनसँगै निर्देशकका कैयौं प्रश्नको जवाफ पनि दिनुपथ्र्यो । अडिसनमा पुगेका युवतीहरु निर्देशकको मापदण्डमा उभिनु पथ्र्यो । जसका लागि उनीहरुले निर्देशकले जे भन्थे, त्यही हिसाबले अडिसन दिनुपथ्र्यो ।

स्वदेशी र पश्चिमा दुवै लुक्समा युवतीहरुले अडिसन दिनुपथ्र्यो । सन् १९५१ मा फिल्ममा भूमिका पाउनु सजिलो काम थिएन । यसका लागि युवतीले कैयौं अवरोध पार गर्नुपथ्र्यो । त्यो समयमा निर्देशकहरु युवतीका हरेक कुरा नोटिस गर्थे ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १२ : ५० बजे

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४