‘धन्दागिरी’को आइटम गीत ‘बारुली बारुली’ सार्वजनिक | Khabarhub Khabarhub

‘धन्दागिरी’को आइटम गीत ‘बारुली बारुली’ सार्वजनिक


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेता सबिन श्रेष्ठ अभिनित फिल्म ‘धन्दागिरी’ को आइटम गीत ‘बारुली बारुली’ सार्वजनिक भएको छ । गीतमा मिना निरौलाको स्वर, नारायण नेपालको शब्द, सूर्यकमल राईको संगीत र सञ्जय हमालको एरेञ्ज छ ।

नरेन्द्र भट्टराई (एनबी अन्जान) को निर्देशनमा बनेको फिल्मको रिलिज कोरोना महामारी र लकडाउनका कारण रोकिएको थियो । अब फिल्म दशैंको अवसर पारेर असोज २६ गते देशभर प्रदर्शनमा आउने भएको छ ।

फिल्ममा सबिनसँगै छुल्ठिम गुरुङ, दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, दीपक क्षेत्री, बिएस राणा, विपना बस्नेत,सुभाष गजुरेल, सुनील कटुवाल, सबिता रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ ।

दिनेश खड्का एसोसियट निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा कुमारप्रसाद ओझा छन् । कविभक्त क्षेत्री र फुर्वा दोर्जे तामाङ फिल्मका निर्माता हुन् । आर आर फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ हुन् ।

फिल्मको डिजिटल राइटस डिएआर मुभिज एण्ड फिल्म्सले लिएको छ । गीत डिएआर मुभिजको अफिसियल यु ट्युबबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १२ : ०६ बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै