‘काँडेतार’मा गौरव विद्रोही युवा | Khabarhub Khabarhub

‘काँडेतार’मा गौरव विद्रोही युवा


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र भारतको सीमामा काँडेतार लगाउनुपर्ने माग राख्दै आएका निर्देशक तथा कलाकार नवल खड्काले फिल्म ‘काँडेतार’ बनाउने भएका छन् । तिहार लगत्तमै छायांकनमा जाने फिल्ममा नवलसँगै शंकर कार्कीको निर्देशन रहनेछ ।

फिल्मका लागि अभिनेता गौरव पहारी प्रमुख भूमिकामा अनुबन्धित भएका छन् । निर्देशक खड्काले मंगलबार उनलाई अनुबन्ध गरेका हुन् । गौरवले हालैमात्र फिल्म ‘लाइफ इन एलए’को छायांकन पुरा गरेका छन् ।

यी अभिनेताले फिल्मले राष्ट्रियताको कथा उठान गर्ने भएकाले आफू सहमत भएको बताए । फिल्ममा गौरवले नेपाल र भारत सीमा क्षेत्रमा बस्ने एक विद्रोही युवाको भूमिका निर्वाह गर्नेछन् ।

नवलको यो फिल्म लामो समयदेखि चर्चामा रहँदै आएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूले फिल्म ‘काँडेतार’ बनाउने जानकारी गराए पनि हालसम्म कलाकार छनोट गरेका थिएनन् ।

यसअघि फिल्म ‘दशगजा’ बनाएका नवलले फिल्म ‘काँडेतार’ले आफ्नो माटो र मान्छेको मात्र संरक्षण गर्ने नभई असल छिमेकी सद्भाव कायम राख्नेमा विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ५ : २४ बजे

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी