बितेको २४ घण्टामा अमेरिकामा थप १ हजार १३० को मृत्यु, १ लाख ४४ हजार संक्रमित थपिए | Khabarhub Khabarhub

बितेको २४ घण्टामा अमेरिकामा थप १ हजार १३० को मृत्यु, १ लाख ४४ हजार संक्रमित थपिए


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा कोरोना संक्रमित थप १ हजार १३० जनाको मृत्यु भएको छ । बितेको २४ घणटाको अवधिमा १ लाख ४४ हजार ६८७ संक्रमित थपिएका छन् ।

योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ८९ लाख ६५ हजार ९९३ पुगेको छ । यो समाचार तयार पार्दासम्म ६ लाख ४८ हजार १२६ले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमित मूलुकको सूचीमा अमेरिका पहिलो स्थानमा छ । दोस्रो स्थानमा भारत छ । भारतमा थप ५१ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २५ लाख ११ हजार ३७० पुगेको छ ।

भारतमा ३ लाख २८ हजार ९५६ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ७३७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार ७८८ पुगेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ७ : २५ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको