राष्ट्रिय व्यवसायिक पहलद्वारा आम नागरिकलाई खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

राष्ट्रिय व्यवसायिक पहलद्वारा आम नागरिकलाई खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)ले उद्योग कलकारखानामा काम गर्ने कामदार लगायत सबै नागरिकलाई कोरोनाविरुद्धको खोप व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ तथा शुभकामना व्यक्त गर्दै व्यवसायिक पहलले अर्थतन्त्रलाई दीगो र मजबुत बनाउन तथा उद्योग व्यवसायलाई चलायमान बनाउन आवश्यक पहल गर्न आग्रह गरेको हो ।

व्यवसायिक पहलको टोलीले प्रधानमन्त्री देउवासँग भेट गरी सफल कार्यकालको शुभकामना दिएहो हो ।

सो अवसरमा संस्थाका अध्यक्ष कुशकुमार जोशीले संस्थाले गरिरहेका कामहरुको बारेमा प्रधानमन्त्री देउवालाई जानकारी दिएका थिए । सरकारले आगामी वर्षभित्र सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराउन गरेको निर्णयप्रति खुशी व्यक्त गर्दै उनले जनस्वास्थ्यका सवाल आगामी दिनमा अझ प्रभावकारी रुपमा अगाडि बढाउन आग्रह गरे ।

आफूहरुका सुझाव प्रधानमन्त्री देउवाले सकारात्मक रुपमा लिँदै कार्यान्वयन गर्ने आश्वासन दिएको उनले बताए ।

भेटघाटमा राष्ट्रिय व्यवसायिक पहलका तर्फबाट अध्यक्ष जोशीको नेतृत्वमा संस्थापक अध्यक्ष पद्म ज्योति, महासचिव सुरेन्द्रवीर मलाकार, कोषाध्यक्ष दीपक मलहोत्रा, सचिवद्वय सुरेश प्रधान र गोपी न्यौपाने, सहकोषाध्यक्ष विनायक शाह र कार्यसमिति सदस्य रवीन्द्रमान सिंह लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ८ : ३९ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर