प्रधानमन्त्री देउवाका स्वास्थ्य सारथि उमेश श्रेष्ठ ! | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवाका स्वास्थ्य सारथि उमेश श्रेष्ठ !


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ शिक्षा क्षेत्रमा नाम चलेका व्यवसायी हुन्।

उनको जन्म २०१२ सालमा भोजपुरमा भएको हो । उनी २०४५ सालदेखि राजनीतिमा संलग्न छन् । श्रेष्ठ राजनीतिक संलग्नताको शुरूदेखि नै नेपाली कांग्रेसमा आबद्ध छन् ।

उनी पहिलो पटक दोस्रो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सदस्य निर्वाचित भएका थिए । उनी हालको प्रतिनिधिसभामा पनि नेपाली कांग्रेसका समानुपातिक सदस्य हुन् ।

गत असार २९ गते प्रधानमन्त्री पदको जिम्मेवारी सम्हालेका शेरबहादुर देउवाले तेह्रौँ दिनमा आइतबार श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

श्रेष्ठ नेपालको नाम चलेका विद्यालयमध्येको एक लिटिल एन्जल्स स्कुलका संस्थापक अध्यक्ष हुन् । उक्त स्कुल सन् १९८१ मा स्थापना भएको हो । उनी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) का पूर्वअध्यक्ष समेत हुन् ।

श्रेष्ठले शिक्षासँगै चियाखेती, जलविद्युत, अस्पताल लगायतमा लगानी गरेका छन् । काठमाडौँको बालाजुमा रहेको जनमैत्री अस्पतालमा श्रेष्ठको लगानी छ । तेह्रथुममा रहेको ‘सगरमाथा टी स्टेट’ मा पनि उनको लगानी छ ।

श्रेष्ठ प्रधानमन्त्री देउवाका निकटस्थ मानिन्छन् । उनी राज्यमन्त्री पदमा नियुक्त भएपछि सामाजिक सञ्जालमा अनेक टिकाटिप्पणी भएको छ । धेरैजसो टिप्पणी नकारात्मक छन् ।

कोरोना भाइरस संक्रमण नियन्त्रण, उपचार र खोपमा प्रभावकारी रूपमा काम गर्नुपर्ने समयमा श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । यस्तो संवेदनशील समयमा मन्त्री नियुक्त गर्न नसकेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना हुन थालेको थियो ।

देउवाले स्वास्थ्यमन्त्रीका रूपमा आफैँमा जिम्मेवारी रहने गरी श्रेष्ठलाई नियुक्त गरेका भए पनि व्यावहारिक रूपमा कामको जिम्मेवारी उनैले पाउने पक्का छ । प्रधानमन्त्री देउवाले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नुपर्ने, संक्रमितहरूको उपचार गराउनु पर्ने र सबै नागरिकलाई खोप दिनुपर्ने जिम्मेवारीमा आफ्नो सारथिका रूपमा श्रेष्ठलाई रोजेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ८ : २६ बजे

भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा दिइने

मकवानपुर– बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा

सिधाकुरा प्रकरण : सर्वोच्चले राजकुमार तिमल्सिनालाई प्रहरीको जिम्मा लगायो

काठमाडौं- सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनलाई स्टिङ अपरेसनको विवादास्पद अडियो

आतंककारी च्यानल भन्दै इजरायलले अल जजिरालाई लगायाे प्रतिबन्ध 

काठमाडौं– इजरायलले अल जजिरा नेटवर्कलाई प्रतिबन्ध लगाएको छ । इजरायलको

जसपाबाट विभाजित समूह सत्ता गठबन्धनमै रहने, सरकार पनि नछाड्ने

काठमाडौं – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई विभाजन

उपेन्द्र यादवलाई छाडेर नयाँ दलतिर जसपाका यी ७ सांसद

काठमाडौं-  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ठूलो झट्का