भारतमा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२४ पुग्यो, उद्धार कार्य जारी | Khabarhub Khabarhub

भारतमा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२४ पुग्यो, उद्धार कार्य जारी


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा भारी मनसुन वर्षाको कारण आएको बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या आइतबार १२४ पुगेको छ भारतीय अधिकारीले पुष्टि गरेका छन् । अरु दर्जनौँ मानिस हराइरहेको र उनीहरूको खोजीका लागि उद्धारकर्मीहरू जुटिरहेको बताइएको छ ।

भारतको पश्चिमी क्षेत्रमा बिहीबारदेखि मुसलधारे वर्षा भएको छ । भारतीय मौसम विज्ञान विभागले आउँदो केही दिनमा थप वर्षा हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

महराष्ट्र राज्यमा बिहीबार मुम्बईको दक्षिणमा रहेको ताल्यको पहाडी गाउँमा ठूलो पहिरोमा परी ४० जनाको मृत्युसहित कुल ज्यान गुमाउनेको सङ्ख्या ११४ पुगेको छ ।

पहिरोमा दर्जनभन्दा बढी घरहरू परेका थिए भने पहिरोमा परी कम्तीमा ९९ जना हराइरहेको बताइएको छ ।

चिप्लुनका केही भागहरूमा बिहीबार निरन्तर २४ घण्टाको वर्षापछि पानीको तह २० फिट (छ मिटर) सम्म पुगेको छ भने सडक तथा घरहरू डुबाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । वर्षापछिको डुबानका कारण विद्यूत् आपूर्ति अवरूद्ध हुँदा कोभिड–१९ को उपचार गराइरहेका एक अस्पतालका आठ बिरामीको मृत्यु भएको थियो ।

उनीहरूको उपचारमा भेन्टिलेटर प्रयोग भएको तर विद्यूत् आपूर्ति काटिनासाथ उनीहरूको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् । (रासस/एएफपी)

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ८ : ४५ बजे

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले