एनआरएनए कुवेतको अध्यक्षमा लामा निर्विरोध | Khabarhub Khabarhub

एनआरएनए कुवेतको अध्यक्षमा लामा निर्विरोध


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कुवेतको अध्यक्षमा रानाध्वज लामा निर्विरोध चयन भएका छन् ।

शुक्रबार सम्पन्न भएको परिषद्को अधिवेशनमा कार्यकाल २०२१–२०२३ कार्यकालका लागि लामा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी उपाध्यक्षमा टीका आचार्य, माधव शाही र उमेश पुडासैनी चयन भएका छन् ।  महिला उपाध्यक्षमा अमृता वान्तावा, महासचिवमा पुन: मानबहादुर पाख्रीन, सचिवमा जीवन कुमार विश्वकर्मा, मनिश केसी, कोषाध्यक्षमा प्रेमप्रसाद गुरुङ र सह कोषाध्यक्षमा सोनाम लामा निर्विरोध चयन भएका प्रमुख निर्वाचन आयुक्त सुजन केसीले जानकारी दिए ।

यस्तै युवा संयोजकमा नवराज पराजुली र दामोदार बटाला, सह-युवा संयोजक आङ्ग नुर्बु शेर्पा, महिला संयोजकमा रमिता योञ्जन तथा सह संयोजकमा सजिना गुरुङ चयन भएको निर्वाचन आयुक्त केसीले बताए ।

यसैगरी समितिको सदस्यहरुमा विजय धामी,जय नारायण माझी थारु, देवी बहादुर सुनुवार, रेशम लामा, सूर्य कुमार लामा, गीता तिवारी, मिलन कुमार तामाङ, जीवन सुनार, वेदनाथ हुमागाइँ, बसन्त साम्बा, हेमन्त नगरकोटी तथा सरोज बास्ताकोटी चयन भएको उनले बताए ।

आईसीसी सदस्यमा भने माधव पौडेल र हरि लावती चयन भएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ९ : १५ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष