मेलम्चीको स्थलगत अध्ययन गरिने | Khabarhub Khabarhub

मेलम्चीको स्थलगत अध्ययन गरिने


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले असार १ गते आएको बाढी पहिरोले क्षति पुर्‍याएको सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु क्षेत्रको स्थलगत अध्ययन गर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी मन्त्रालयका अधिकारीले केही दिनमा नै मेलम्ची–हेलम्बु क्षेत्रको संयुक्त रूपमा भ्रमण गर्ने योजना बनाएको हो । शुक्रबार खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री बसन्त नेम्वाङले मेलम्चीमा धेरै क्षति पुगेको भनिए पनि अझैसम्म एकीन जानकारी आउन नसेको बताए ।

मेलम्चीको दोस्रो खण्डको निर्माणमा सुरुङको प्रक्रियामा लामो समय अल्झन नहुनेमा उनको जोड छ । अहिलेसम्म सडक, पुललगायत पूर्वाधार बने पनि लामो समयसम्म मन्त्रालय स्रोतलगायत कुरामा अल्झेको मन्त्री नेम्वाङले बताए । ‘लिफ्ट’मार्फत गरिने डिप बोरिङमा आयोजना कसरी सञ्चालन भइरहेको छ भन्ने ‘फलोअप’ हुनुपर्नेमा उनको जोड छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङले आज थप चार मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । मन्त्री नेम्वाङले सञ्चार तथा सूचना प्रविधि, कृषि तथा पशुपन्छी विकास, शहरी विकास र खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

 नेम्वाङले विसं २०७६ मङ्सिरमा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । यसबीचमा उनले झण्डै सात महिना शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ९ : ३० बजे

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका