प्रचण्ड स्वयम् अवैध छन् त्यसैले राष्ट्रपति भन्दा राजाको मान गर्छन् : सूर्य थापा | Khabarhub Khabarhub

प्रचण्ड स्वयम् अवैध छन् त्यसैले राष्ट्रपति भन्दा राजाको मान गर्छन् : सूर्य थापा


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु स्वभाविक भएको बताएका छन् ।

शुक्रबार ट्विट गर्दै थापाले पार्टीको महाधिवेशन नगरी चलेकाले अध्यक्ष ‘प्रचण्ड’ र माओवादी केन्द्र पार्टी नै वैधानिक नरहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।

उनले भनेका छन्, ‘पार्टीको महाधिवेशन नगरी चलेकाले अध्यक्ष प्रचण्ड र माके पार्टी नै वैधानिक छैनन् । निर्वाचन आयोग, प्रचण्ड र माकेको अविलम्ब ध्यानाकर्षण हुनुपर्छ । २०७५ जेठ ३ यताको ३ वर्ष शून्य अवधि र थप समय पाउँदा पनि ६ महिनायता प्रचण्ड स्वयं अवैध भइसकेछन् । अनि राष्ट्रपतिभन्दा उहाँलाई राजा मन नपरोस् त ?’

पार्टी वैधानिक हुन अनिवार्य: कानून परिपालना गरेको हुनैपर्ने भन्दै थापाले गैर–कानुनी रूपमा चलेकाहरुले अरूलाई प्रश्न उठाउन नमिल्ने बताए ।

थापाले लेखेका छन्, ‘कानुनीराजको बर्खिलापका कार्य दण्डनीय छन् । प्रभु साहजीले उठाएको प्रश्न अत्यन्त जायज छ । वैधानिक हैसियतविना प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका कार्यहरू नै अवैध छन् ।’

विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको अन्तरक्रियामा बिहीबार प्रचण्डले राष्ट्रपतिभन्दा राजाकै बढी शान, मान र इज्जत रहेको टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ११ : ४५ बजे

एकीकृत समाजवादीको स्पष्टीकरण : सरकारको विकल्प खोज्न दायाँबायाँ गरिएको छैन

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले अहिले नै

राष्ट्रिय सुरक्षा नीतिलाई सबैले गम्भीरतापूर्वक लिनुपर्‍यो : रक्षामन्त्री

काठमाडौं– रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय सुरक्षा नीतिलाई राजनीतिक नेतृत्वलगायत सबैले

संविधानमा उल्लेखित प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम हुन थाल्यो : अध्यक्ष पोखरेल

काठमाडौं– नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले नेपालको संविधानमा उल्लेख

सिनियर अहेब कोइरालालाई भ्रष्टाचार मुद्दामा सफाइ, पुगेन अख्तियारको दाबी

काठमाडौं- गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगसहित भ्रष्टाचार मुद्दा चलाइएका

तयारी पोशाक निर्यातका विषयमा सरकार गम्भीर छ : मन्त्री भण्डारी 

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको तयारी पोशाक