साम्प्रदायिकता भड्काउन खोजेको भन्दै युवाहरुद्वारा वीरगञ्जमा भीम रावल‍को पुत्ला दहन | Khabarhub Khabarhub

साम्प्रदायिकता भड्काउन खोजेको भन्दै युवाहरुद्वारा वीरगञ्जमा भीम रावल‍को पुत्ला दहन


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– भ्रमपूर्ण प्रचार गरी साम्प्रदायिकता भड्काउन खोजेको आरोपमा स्थानीयले वीरगञ्जमा पूर्व एमाले नेता भीम रावल‍को पुत्ला दहन गरेका छन् ।

युवा नेता अमिताभ बचन दासको नेतृत्वमा रहेका युवाहरुले नेता रावल‍को पुत्ला दहन गरेका हुन् ।

उनले भने, ‘नेपालको संविधानको भाग २ को धारा १० (१) मा ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन ।’ भन्ने स्पष्ट संवैधानिक व्यवस्थाको वावजुद पनि नागरिकता प्राप्त गर्न योग्य आफ्नै देशका लाखौं-लाख युवा-युवतीहरुलाई विभिन्न वहाना र जालझेलको आडमा अनागरिक बनाईं राख्ने षड्यंत्र विफल पार्न आएको नागरिकता अध्यादेशको विरोध गर्नेहरु मधेश विरोधी हुन्।’

विरगंजका सचेत, जागरूक एवं क्रान्तिकारी युवाहरुले नेता रावलको पुत्ला दहन गरेका हुन् ।

नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध्यादेशलाई अनुचित ढंगबाट विवादित एवं बदनाम गराउन तराई-मधेशमा नागरिकताको पसल खुल्यो, सिक्किमीकरण र फिजिकरण हुने भयो भनेर अर्नगल दुष्प्रचारको हर्कत राष्ट्रवाद होकी देश र जनतप्रतिको घात सबैले समयमैं बुझ्न जरूरी रहेको दासले बताए ।

लाखौँ नागरिक राज्य विहीनता महशुस गरिरहेको अवस्थामा सरकारले नागरिकता सम्बन्धी समस्या समाधान गर्न ल्याएको नागरिकता अध्यादेशबारे भ्रमपूर्ण कुरा गरेर रावलले सम्प्रदायिकता भडकाउन खोजेको उनीहरुको आरोप छ ।

नेता रावलले सामाजिक सञ्जालमा वीरगञ्जमा नागरिकता लिन भारतीयहरूको भीड लागेको समाचार आयो भन्दै ट्वीट गरेका थिए । उक्त ट्वीटको आलोचना भएपछि उनले हटाएका थिए ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ७ : ३१ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव