विपक्षी गठबन्धनका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा जारी | Khabarhub Khabarhub

विपक्षी गठबन्धनका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा जारी


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी गठबन्धनका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा जारी छ ।

कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेबाट निस्कासित नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

बैठकमा सर्वोच्च अदालतमा दायर भएको रिट र पछिल्लो अवस्थाका बारेमा केन्द्रित रहेर छलफल भएको नेता रमेश लेखकले जानकारी दिए । उनले भने, ‘नेताहरुका बीचमा भइरहेको छलफलमा आजको छलफल भनेको न्यायिक लडाइँ कसरी अगाडि बढ्छौँ भन्ने विषयमा केन्द्रित छ ।’

संसद पुन: स्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेश माग्दै सर्वोच्चमा रिट दायर गरेका नेताहरू गठबन्धनको आन्तरिक रणनीति बनाउन छलफलमा जुटेका हुन् ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ४ : १३ बजे

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त