उद्योगमा चहलपहल, कोरोनाको त्रास बढ्यो | Khabarhub Khabarhub

उद्योगमा चहलपहल, कोरोनाको त्रास बढ्यो


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासीपूर्व देवचुली नगरपालिका २ स्थित चौधरी उद्योगमा काम गर्दै आएकी स्थानीय महिला केही दिनअघि बिरामी परिन् ।

बिरामी भएपछि कम्पनीले उनलाई घर पठाइदियो । बिना परीक्षण घर पठाइएकी ती महिलालाई नगरपालिकाका जनप्रतिनिधिले पीसीआर परीक्षण गराए ।

पीसीआर परीक्षणपछि उनको रिपार्ट पोजेटिभ आयो । उनीजस्तै कम्पनीका कर्मचारीहरुलाई बिरामी भएपछि बिना परीक्षण घर पठाउने गरिएपछि स्थानीयबासी त्रसित भएका छन् ।

सिजी छेउछाउका बासिन्दाले स्थानीय जनप्रतिनिधिकै रोहबरमा कम्पनीका ब्यवस्थापन पक्षसँग छलफल गरी एकै पटक कर्मचारीको भिड जम्मा नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरे ।

त्यसपछि चहलपहल कम भए पनि अन्य सुरक्षा मापदण्डको कुनै पनि कुरा कार्यान्वयन नभएको देवचुली २ का वडाअध्यक्ष माधव केसीले बताए ।

कोरोना संक्रमणको पहिलो लहरमा कम्पनीले स्वास्थ्य सुरक्षा अपनाए पनि अहिलेको संक्रमणको डरलाग्दो अवस्था आउँदा झनै बेवास्ता गरेकाले जोखिम बढेको स्थानीय सुन्दरबस्ती टोल सुधार समिति अध्यक्ष बिनोद सिलवालले बताए ।

‘हामीले कम्पनी नै बन्द गर्नु पर्यो भनेका छैनौँ, सिलवालले भने, ‘कम्तीमा कर्मचारीलाई केही दिन कम्पनी भित्रै राखेर काम गराउनु पर्यो भनेका हौँ ।’

कम्तीमा एक साता ‘चेनब्रेक’ गर्न आफूहरुले कम्पनीसँग आग्रह गरेको एमाले वडा कमिटी अध्यक्ष बद्रीप्रसाद कोइरालाले बताए । सरकारले उद्योग कलखाना निर्वाध रुपमा सञ्चालन गर्न दिएपछि पूर्व पश्चिमबाट कच्चा पदार्थहरु ल्याइने हुने ढुवानी चालक सहचालकबाट पनि उत्तिकै जोखिम रहेको नेपाली कांग्रेस वडा नम्बर २ का सभापति भेषराज न्यापानेले बताउँछन् ।

कम्पनीका अधिकृत तहका कर्मचारीको भने बारम्बार पीसीआर परीक्षण गरी स्वास्थ्य सतर्कता अपनाउने गरे पनि तल्लो तहका कर्मचारीलाई भने बेवास्ता गरिएको कम्पनीकै कर्मचारीको गुनासो छ ।

उद्योग प्रशासनले भने स्वास्थ्यका सबै प्रोटोकल पूरा गरेर उद्योग सञ्चालन गरिएको जनाएको छ । टाढाबाट आउने कर्मचारीहरुलाई बसको ब्यवस्था गर्नुका साथै प्रत्येक गाडीलाई निर्मलीकरण गर्ने गरिएको उद्योगका प्रशासन प्रमुख दामोदर पौडेलले बताए ।

कारखाना भित्रै विरामीहरुका लागि अक्सिजनसहितको आइसोलेशन बनाइएको तथा भिडभाड हुने ठाउँमा बेरियरहरु बनाइएको पनि पौडेलले बताए । झण्डै २ सय जना कर्मचारी रहेको यो उद्योगमा सबै कर्मचारीलाई जिङ्क चक्की र भिटामिन सी १०/१० पत्ता वितरण गर्न लागिएको पनि पौडेलले जानकारी दिए । आफ्ना कर्मचारी बिरामी भएको कुरा जानकारीमा आएलगत्तै मेडिकल टिम पठाउने गरेको पनि उनले दाबी गरे ।

सेनिटाइजर र मास्क कम्पनीले दिइरहेको तर अहिलेको विषम परिस्थितिमा भयावहको अवस्थामा आफूले धेरै कुरा भन्न नसक्ने कारखाना मजदुर युनियन सिजी फुड्स इकाई अध्यक्ष चीनराज महतोले बताए ।

उनले आफू मजदुर भएकाले कम्पनीले भनेपछि काममा आउनै पर्ने उनले बताए । उद्योगका प्रशासन प्रमुख पौडेलले खोप किन्न पाउने अवस्था भएमा खोप किनेरै सबै कर्मचारीलाई लगाउने योजना समेत रहेको बताए ।

उद्योगका कारण जोखिम बढेको गुनासो आएपछि केही दिनअघि मात्रै प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनी नेतृत्वको टोलीले समेत अनुगमन गरेको थियो ।

चौधरी फुड्सदेखि टोबाकोसम्म विभिन्न सात प्रकारका वस्तुहरु उत्पादन गर्दै आएको चौधरी उद्योगले दुई सिफ्टमा कर्मचारी परिचालन गरी उद्योग सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  २ : ४९ बजे

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम