भीम रावलमाथि सूर्य थापाको टिप्पणी : दुनियाँ भड्काउने कोसिस धेरै टिक्न पाएन | Khabarhub Khabarhub

भीम रावलमाथि सूर्य थापाको टिप्पणी : दुनियाँ भड्काउने कोसिस धेरै टिक्न पाएन


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का पूर्व नेता भीम रावलले वीरगञ्जमा नागरिकता लिन भारतीयहरूको भीड लागेको भन्दै गरेको ट्वीटको सर्वत्र आलोचना भएपछि हटाएका छन् । उक्त ट्वीट डिलिट भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले रावलको दुनियाँ भड्काउने कोसिस धेरै टिक्न नपाएको भन्दै कटाक्ष गरेका छन् ।

नाका बन्द रहेको अवस्थामा कसरी भारतीय नेपाल आए ? स्थानीय प्रशासन समेत बन्द रहेको अवस्थामा यस्तो अफवाह फैलाउने भन्दै प्रतिप्रश्न ओईरिएपछि र सामाजिक सञ्जालमा भ्रम फिजाउने काम गरेको भन्दै चर्को आलोचना भएपछि नेता रावलले उक्त ट्वीट हटाएर अर्को एक ट्वीट गरेका थिए ।

यसपछि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले रावलको झूठ प्रचारबाजी धेरै टिक्न नपाएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘भीम रावल पिएचडीको झूठ प्रचारबाजी र दुनियाँ भड्काउने कोसिस धेरै टिक्न पाएन !
यिनले राष्ट्रवादी कहलिन कतिसम्म गर्छन् भन्ने स्पष्ट नै छ । अझ सरकारले जवाफ देओस भन्ने यिनले कहिले लेखेका रहेछन् ? नक्कली अभिनय र भ्रमको पर्दा यसरी स्वत: च्यातिँदै छ । गोयवल्स सिद्धान्तको अभ्यास !’

रावलले डिलिट गरेको ट्वीट

…………………………………………………………………………………………………………………………………………………………………………………………………….

पछिल्लो ट्वीट

 

सूर्य थापाको ट्वीट

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  २ : १४ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।