रोकिएका परीक्षा वैकल्पिक विधिबाट लिन त्रिविको निर्देशन | Khabarhub Khabarhub

रोकिएका परीक्षा वैकल्पिक विधिबाट लिन त्रिविको निर्देशन


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीका कारण रोकिएका परीक्षा वैकल्पिक विधिबाट परीक्षा लिन सम्बन्धित सबैलाई निर्देशन दिएको छ ।

त्रिविले एक विज्ञप्ति जारी गर्दै महामारीका कारण रोकिएका परीक्षा वैकल्पिक विधिबाट लिनको लागि आवश्यक व्यवस्था मिलाउनको लागि सम्बन्धित सबै क्याम्पसहरुलाई आग्रह गरेको हो ।

त्यस्तै सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आ–आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डिन कार्याालयको सम्पर्कमा आउनसमेत त्रिविले आग्रह गरेको छ ।

वैकल्पिक विधिबाट सुचारु भइरहेका कक्षालाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी भएका कक्षा सुचारु गर्न पनि जारी विज्ञप्तिमा भनिएको छ ।

त्रिविले विज्ञप्तिमार्फत आक्रान्त परिवेश, विषम परिस्थिपति र संवेदनशील घडीमा महामारीबाट ज्यान गुमाने प्राध्यापक विद्यार्थी लगायत सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त परिवाजनप्रति हार्दिक समवेदना समेत प्रकट गरेको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १२ : ४७ बजे

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल