मौलाकालिका मन्दिरमा एक वर्षभित्रै केवल कार | Khabarhub Khabarhub

मौलाकालिका मन्दिरमा एक वर्षभित्रै केवल कार


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासीपूर्व गैंडाकोटस्थित प्रसिद्ध मौलाकालिका मन्दिरमा केवलकार निर्माण गरिने भएको छ ।

आगामी एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी सोमवार रुख कटान शुरु गरिएको छ ।

उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको कम्पनी मौलाकालिका केवलकार निर्माण प्रालिले गैंडाकोटबाट मौलाकालिका मन्दिर पुग्नका लागि झण्डै एक हजार २ सय मिटर लामो केवलकार निर्माण गर्न लागेको हो ।

मन्दिर ब्यवस्थापन समितिको ३४ औँ साधारणसभाले केवलकार निर्माणका लागि ढकाललाई अनुमति दिएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सालिकराम सापकोटाले बताए ।

धार्मिक वन तथा मौलाकाली सामुदायिक वन क्षेत्रको रुख कटानका लागि मन्त्रिपरिषद्बाट निर्णय नहुँदा काम शुरु हुन सकेको थिएन ।

हालै मन्त्रिपरिषद्बाट रुख कटानी अनुमति पाएपछि सोमवार गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल, वडा नम्बर १ का वडाध्यक्ष हरीप्रसाद सापकोटा लगायतका जनप्रतिनिधिहरुका साथै सव डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सूर्य सिंह गुरुङको उपस्थितिमा रुख कटानी शुरु गरिएको मौलाकाली सामुदायिक वनका अध्यक्ष काशीनाथ कँडेलले बताए ।

परियोजनाका लागि साना र ठूला गरी धार्मिक तथा सामुदायिक वन क्षेत्रका एक हजार ३८ वटा सानाठूला रुख काटिने कँडेलले जानकारी दिए ।

नगरप्रमुख पौडेलकाअनुसार ५१ प्रतिशत कम्पनी र ४९ प्रतिशत स्थानीयको लगानी रहने गरी कुल २ अर्ब लागतमा केवलकार निर्माण गर्न लागिएको छ ।

केवलकार कन्ट्रक्सन निर्माणको ठेक्का चन्द्रागिरी हिल्स र मनकामना केवलकार निर्माण गरिसकेको अष्ट्रेलियन कम्पनीले पाएको छ ।

गैँडाकोट नगरपालिका वडा नम्बर १ धारापानीबाट मौलाकालिका मन्दिर नजिक रहेको हेलिप्याडसम्म १ हजार २ सय मिटर लम्बाईको केवलकार निर्माण गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका प्रोजेक्ट म्यानेजर गोकुल साउदकाअनुसार ८ जनासम्म बस्न मिल्ने १२ वटा डम्बा रहने गरी केवलकारको ६ वटा टावर खडा गरिनेछ । आगामी एकवर्षभित्र केवलकार निर्माण सम्पन्न गरी संचालनमा ल्याउने पनि उनले जानकारी दिए ।

स्थानीयसँगको साझेदारीमा केवलकार निर्माण लागिएकोले निजी क्षेत्रले सामाजिक क्षेत्रमा पनि काम गरेको पुष्टी भएको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अमृत भट्टचनले बताए ।

मौलाकालिका पुग्ने केवलकार निर्माणले पर्यटन प्रवर्द्धनका साथै विकास र रोजगारीका अवसर बढाउने विश्वास गैंडाकोटवासीले गरेका छन् । प्रसिद्ध मन्दिर मौकाकालिकाबाट गैंडाकोट नगरका साथै चितवनको भरतपुर तथा तनहुका विभिन्न सुन्दर दृष्यहरु देख्न सकिन्छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ९ : २५ बजे

इलाम–२ मा अहिलेसम्म २२ प्रतिशत मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा

भारतमा विद्युतीय मतदानबारे परेको रिट खारेज

एजेन्सी – भारतमा लोकसभा निर्वाचनअघि विद्युतीय मतदानबारे परेको रिट त्यहाँको

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक