दीक्षान्त समारोह भर्चुअल माध्यमबाट गरिने | Khabarhub Khabarhub

दीक्षान्त समारोह भर्चुअल माध्यमबाट गरिने


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह भर्चुअल माध्यमबाट गरिने भएको छ ।

यही वैशाख १४ गते गर्न लागिएको समारोहमा सम्मानित हुने विद्यार्थी, विद्यावारिधिका र सिनेट सदस्यबाहेक अन्यको सहभागिता भर्चुअल माध्यमबाट हुने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न विधामा पदक पाउने ४० विद्यार्थी र सिनेट सदस्यहरु २३ जनाको भौतिक उपस्थिति हुने र अन्य दीक्षित हुने विद्यार्थीहरुको सहभागिता भर्चुअल माध्यमबाट हुने जनाएको हो ।

विद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीका अनुसार दोस्रो दीक्षान्त समारोहमा एक हजार २५७ जना विद्यार्थी भर्चुअल माध्यमबाट सहभागी हुनेछन् ।

स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका विद्यार्थीहरुलाई दीक्षित गरिने छ । स्नातक तहमा कृषि स्नातकबाट ५१२, वन विज्ञान स्नातकबाट २२४, पशु चिकित्सा स्नातकबाट १४०, मत्स्य विज्ञान स्नातकबाट ४४ जना सहभागी हुनेछन् ।

यस्तै, स्नातकोत्तर तहमा कृषिका २२५, जैविक प्रविधिका ६, वन विज्ञानका १४, पशु विज्ञानका ३२, पशु चिकित्साका ३८, मत्स्य विज्ञानका सातजना सहभागी हुने उहाँले बताउनुभयो । यता विद्यावारिधितर्फ १५ जना विद्यार्थी सहभागी हुनेछन् ।

दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ सहितका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहने विद्यालयकी रजिष्ट्रार डा शारदा थपलियाले जानकारी दिए ।

उनका अनुसार विश्वविद्यालयमा हाल तीन हजार ३२३ जना विद्यार्थी अध्ययनरत रहेका छन् । यस विश्वविद्यालयले नेपालको विभिन्न स्थानमा रहेको सातवटा कलेजलाई सम्बन्धन दिई पठनपाठन सञ्चालन गर्दै आएको छ । जसमध्ये ६ वटा कृषि सङ्कायका र एउटा वन विज्ञान सङ्कायको रहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ८ : ४१ बजे

पाकिस्तानमा बस दुर्घटना : २० को मृत्यु, २१ घाइते

पाकिस्तान– पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ

खजुरा– नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ थालिएको

मिर्गाैला प्रत्यारोपणका लागि सहयोग माग्दै पत्रकार

सुनसरी– पीबी (प्रेमबहादुर) दियाली एक समय इटहरीका सक्रिय पत्रकार मानिन्थे

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले

ज्याकाराण्डाले सजियो काठमाडौं (फोटो फिचर)

काठमाडौं– राजधानीका मुख्य सडकहरू अहिले ज्याकाराण्डा फुलेर रोमाञ्चक देखिएका छन्