पासाङ ल्हामु शेर्पा स्मृति कपको उपाधि महाकुलुङले जित्यो | Khabarhub Khabarhub

पासाङ ल्हामु शेर्पा स्मृति कपको उपाधि महाकुलुङले जित्यो


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा स्मृति भलिवल कपमा महिलातर्फ पहिलो स्थान महाकुलुङ गाउँपालिका र पुरुषतर्फ नौलेख युवाक्लब पैया (ए) टिमले जीत हासिल गरेको छ ।

राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा स्मृति भलिवल कप आयोजक कमिटीको आयोजनामा सम्पन्न प्रतियोगितामा तीन महिला र सात पुरुष गरी १० टिमको सहभागिता थियो ।

‘समान र सम्मान हाम्रो चाहना, विभेद रहित समाजको परिकल्पना’ भन्ने मूल नारामा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा जन्मिएको गाउँ खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमायही वैशाख ८ गतेदेखि आयोजना गरिएको हो ।

राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको बुबा फुर कितर शेर्पा भलिबल खेल समापनको दिन सहभागी रहेका थिए । उनको हातबाट विजयी टिमलाई ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

छोरीको नाममा राखिएको खेलमा सहभागी हुन पाउँदा बुबाले खुशी व्यक्त गरे । शेर्पाले सगरमाथा आरोहण गरेको दिन वैशाख १० गतेको सन्दर्भ पारेर सो प्रतियोगिता आयोजना गरेको आयोजक कमिटीका अध्यक्ष जाङ्बु शेर्पाले जानकारी दिए ।

राष्ट्रिय विभूति जन्मिएको गाउँ खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा पहिलो पटक गाउँस्तरीय पुरुष र जिल्लास्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

यसैबीच भलिबल खेलसँगैँ खुम्बु पासाङ ल्हामु गाउँपालिकाबाट सगरमाथा आरोहण गरी विश्व किर्तीमान कायम गर्न सफल व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा २४ पटक सगरमाथा आरोहण गरी विश्व किर्तीमान कामय गर्न सफल प्रख्यात आरोहीकामी रिता शेर्पा, छिटो सगरमाथा आरोहण गरी विश्व किर्तीमान कायम गर्न सफल लाक्पागेलु शेर्पा, हिमालबाट लङलाइन रेस्क्यू गर्नुहुने आङटासी शेर्पा, छोटो समयमा सगरमाथा आरोहण गरी महिलातर्फ विश्व किर्तीमान कायम गर्ने पासाङ पुटी शेर्पा र गायन, लेखन, साहित्य क्षेत्रमा योगदान पुर्‍याउने पुरुषोतम सानु नेपालीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ८ : २४ बजे

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति