नेपाल सुपर लिगमा विराटनगरको विजयी शुरुवात | Khabarhub Khabarhub

नेपाल सुपर लिगमा विराटनगरको विजयी शुरुवात


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विराटनगर एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा शानदार जित निकालेको छ ।

आइतबार भएको आफ्नो पहिलो खेलमा विराटनगरले धनगढी एफसीमाथि ३–० को शानदार जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरलाई जित दिलाउन बिक्रम धिमाल, एडिलाजा सोमिडे र सन्तोष तामाङले एक एक गोल गरे । बिराटनगरले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो ।

खेलको १६ औं मिनेटमा बिक्रमले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ५७ औं मिनेटमा सोमिडेले गोल गर्दै विराटनगरलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ६९ औं मिनेटमा सन्तोषले गोल गर्दै विराटनगरलाई ३–० को जित दिलाए ।

जितसँगै विराटनगरले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । धनगढीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १० : ३० बजे

नक्कली नोटसहित एक महिला पक्राउ

जाजरकोट– नक्कली नोटसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

‘पुजार सार्की’को ट्रेलर रिलिजमा पल शाह किन अनुपस्थित ?

काठमाडौं– दिनेश राउतको निर्देशन रहेको मल्टिस्टार फिल्म ‘पुजार सार्की’को ट्रेलर

महानगरले सजावटका लागि राखिएका बत्तीको अध्ययन गर्ने

काठमाडौं– रातको समयमा सहरको सजावटका लागि काठमाडौँ महानगरपालिकाभित्र विभिन्न स्थानमा

चिकित्सक भन्छन्, ‘औषधि खान जाने अमृत नभए विष समान’  

काठमाडौं– काठमाडौँकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं– मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका