३ वर्षीय छोराको हत्यापछि आमाले गरिन् आत्महत्या प्रयास | Khabarhub Khabarhub

३ वर्षीय छोराको हत्यापछि आमाले गरिन् आत्महत्या प्रयास


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – दैलेखमा आफ्नै आमाले ३ वर्षीय छोराको हत्या गरी आफूले आत्महत्याको प्रयास गरेकी छन् ।

जिल्लाको डुंगेश्वर गाउँपालिका-३ की २९ वर्षीया हिरा थापाले नाबालक छोराको हत्या गरी आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार हिराले छोरा उमेशको घाँटी थिचेर हत्या गरेकी हुन् । छोराको हत्यापछि उनले लेक्चा खोलाको भीरबाट हामफालेर आत्महत्या प्रयास गरेकी हुन् ।

उनको हाल प्रहरीको निगरानीमा जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरी निरीक्षक सुनारले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ९ : ०५ बजे

औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम

कर्णाली – वीरेन्द्रनगरमा आयोजित औद्योगिक प्रदर्शनी प्रतियोगितामा केदारनाथ राडीपाखी उद्योग

अशोक राईको नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट

आजका समाचार : जसपाकाे फुटदेखि गण्डकीका मख्यमन्त्रीलाई विश्वासकाे मतसम्म

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको जापानकी विदेशमन्त्री योको

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव

काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा

काठमाडौं । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन