थ्री नेसन्स कप : नेपाल र किर्गिस्तानबीचको पहिलो हाफ गोलरहित बराबरी | Khabarhub Khabarhub

थ्री नेसन्स कप : नेपाल र किर्गिस्तानबीचको पहिलो हाफ गोलरहित बराबरी


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोलीले थ्री नेसन्स कपको आफ्नो पहिलो खेलमा किर्गिस्तान यु २३ सँग पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको छ ।

करिब ६ वर्षपछि दशरथ रंगशालामा पहिलो खेल खेलिरहेको नेपाली सिनियर टोलीले गोलका लागि केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन ।

खेलको तेस्रो मिनेटमा अञ्जन विष्टले १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार फ्रेममा परेको थिएन । भ्रमणकारी किर्गिस्तान यु २३ माथि हाबी बनेको नेपालका लागि तेज तामाङको क्रसमा चौथो मिनेटमा अञ्जनले हेडरमार्फत गरेको प्रहार पनि बाहिरिएको थियो ।

मंगलबारदेखि शुरू भएको प्रतियोगितामा आयोजक नेपालको यो पहिलो खेल हो ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ६ : ३७ बजे

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ