भारतमा ४० वर्ष जेल बसेका दुर्गाप्रसादले पाए नागरिकता  | Khabarhub Khabarhub

भारतमा ४० वर्ष जेल बसेका दुर्गाप्रसादले पाए नागरिकता 


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा ४० वर्ष जेल जीवन बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपालको नागरिकता पाएका छन्।

तिम्सिनाले विहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता प्राप्त गरेका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाइँ र प्रशासकीय अधिकृत देवीचरण फुयाँलले तिम्सिनालाई नागरिकता प्रदान गरेका हुन् ।

कर्तव्य ज्यान मुद्दाको कसुरमा पक्राउ परेका तिम्सिना विगत ४० वर्षभन्दा लामो समय देखि विना कुनै अदालती प्रक्रिया भारतमा जेल जीवन बिताउन बाध्य भएका थिए ।

गएको शनिबार उनी भारतको दमदम जेलबाट रिहा भएका भने आइतबार इलामस्थित घर पुगेका थिए।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ४ : ३६ बजे

आईसीसी टी–२० विश्वकप खेल्न जान लागेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना 

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भाग

तुम्लिङटार विमानस्थलमा उडान ठप्प

किमाथांका– सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ

रामेछापबाट काठमाडौँ आउँदै गरेको माइक्रो दुर्घटना, ६ जना घाइते 

काठमाडौं– रामेछापबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो दुर्घटनामा परेको छ

अस्थिरता नेपालको विकासका लागि घातक : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने

काठमाडौं– भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ