संसदीय समितिले अपर तामाकोशी जलविद्युत आयोजनाको अवलोकन गर्ने | Khabarhub Khabarhub

संसदीय समितिले अपर तामाकोशी जलविद्युत आयोजनाको अवलोकन गर्ने


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदीय समितिले निर्माणाधीन अपर तामाकोशी जलविद्युत आयोजनाको स्थलगत अवलोकन गर्ने भएको छ ।

सिंहदवारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले अपर तामाकोशीको निर्माण र  विद्युत  उत्पादन क्षमताका विषयमा अध्ययन गर्न स्थलगत अवलोकन गर्ने निर्णय गरेको हो ।

स्थलगत अवलोकनका लागि सभापति पूर्णकुमारी सुवेदी लगायत घनश्याम खतिवडा, दिलबहादुर राना, देवप्रसाद तिमल्सिना, पोल्देन छोपाङ गुरुङ, भुपेन्द्रबहादुर थापा, भूमिप्रसाद त्रिपाठी लगाएतका सांसदहरु छिटै त्यसतर्फ जाने समितिले जनाएको छ ।

अध्ययन भ्रमणमा आउनका लागि आयोजनाले निरन्तर आग्रह गरेको र समितिको कार्यक्षेत्रभित्रको काम पनि भएकाले अवलोकनमा जाने निर्णय गरिएको समिमित सभापति सुवेदील बताए ।

उनले तामाकोशी मात्र नभइ निर्माण शुरु भइ समयमा नै सम्पन्न हुन नसकेका जलविद्युत आयोजनाहरुको निरीक्षण गरिने जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले जलविधुत आयोजनाहरु समयमा नै सम्पन्न हुन नसक्नुको कारणबारे अध्ययन गर्नुपर्ने बताए ।

सांसद घनश्याम खतिवडाले अपर तामाकोशी भनिएको भन्दै बढि लागत र बढि समय लागेकाले त्यसका बारेमा जानकारी लिनुपर्ने बताए ।त्यस्तै सांसद राधा ज्ञवालीले भूकम्प र बाढिले गर्दा समस्या देखिएपछि समयमा नै अपर तामाकोशी सम्पन्न नहुनु दुखद भएको बताए ।

उनले अन्य बन्न नसकेका आयोजनाका बारेमा पनि समितिले चासो व्यक्त गर्नुपर्ने जिकिर गरे ।

दोलखा जिल्लामा निर्माणाधीन बहुप्रतिक्षित अपर तामाकोशी जलविद्युत आयोजना निर्माणमा पटकपटक ढिलाई हुँदा लागत सुरुको लागतभन्दा दोब्बर पुगिसकेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  १० : ५९ बजे

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत