रामग्रामका पूर्वाधार निर्माणमा विश्व बैंकको सहयोग | Khabarhub Khabarhub

रामग्रामका पूर्वाधार निर्माणमा विश्व बैंकको सहयोग


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

परासी – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकामा शहरी पूर्वाधार निर्माणका लागि विश्व बैंकले सहयोग गर्ने भएको छ । यसका लागि विश्व बैंकको सहयोगमा सञ्चालनमा आएको नेपाल शहरी शाहकीय र पूर्वाधार आयोजना र नगरपालिकाबीच सम्झौता भएको छ ।

उक्त आयोजनामार्फत रामग्रामलाई रु ६२ करोड २२ लाख अनुदान सहयोग प्राप्त हुनेछ । नयाँ बन्ने शहरलाई व्यवस्थित गर्न र दिगो शहरी विकास प्रवर्द्धन गर्ने उद्देश्यले सो बैंकमार्फत रामग्रामलाई रु ६२ करोड २२ लाख अनुदान सहयोग प्राप्त हुन लागेको नगर प्रमुख नरेन्द्र गु्प्ताले जानकारी दिए ।

विश्व बैंकले सरकारलाई दिने सहुलियत ऋण शहरी विकास मन्त्रालयमार्फत उपलब्ध हुन लागेको हो । उक्त सहयोग नगरपालिकाको विशेष महत्व राख्ने सडक र फोहर व्यवस्थापनको क्षेत्रमा लगानी गरिने उनले बताए ।

यस परियोजना अन्तर्गत परासीदेखि पाल्ही क्याम्पस हुँदै भारतीय सीमा जोड्ने र औँचावलदेखि भुसुनापुर जोड्ने सडकको स्तरोन्नति प्राथमिकतामा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले परिपथ निर्माणको तयारी पनि गरिरहेको जनाएको छ ।

सो परियोजनामार्फत कार्यान्वयन गरिने योजनाको छनोट, कार्यान्वयन, अनुगमन र नियमन नगरपालिकाले नै गर्नेछ । चालू आवमा योजना छनोट गरी प्राविधिक काम सक्ने र आगामी आवदेखि योजना कार्यान्वयनमा लैजाने गरी तयारी शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले नै सञ्चालन गर्न लागेको यो सबैभन्दा ठूलो परियोजना हो । परियोजना अन्तर्गत कार्यान्वयन गरिनेप्रति आयोजनाको लागत कम्तीमा रु २० करोड भन्दा माथिको हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिए । यो परियोजना अन्तर्गत सञ्चालन हुने आयोजना पाँच वर्षभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

रामग्राम जिल्लाको सबैभन्दा पुरानो नगरपालिका हो । भगवान् गौतमबुद्धको अस्तुधातु रहेकोस्थल रामग्राममा नै रहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ३ : १७ बजे

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो