भागरथी हत्या प्रकरण : मृतकको भजाइनल स्वाबको डीएनए अभियुक्तसँग मिल्यो | Khabarhub Khabarhub

भागरथी हत्या प्रकरण : मृतकको भजाइनल स्वाबको डीएनए अभियुक्तसँग मिल्यो


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बैतडीकी किशोरी भागरथी भट्टको हत्या प्रकरणका अभियुक्त दिनेश भट्टको डीएनए मृतकको ‘भजाइनल स्वाब’ बाट निकालिएको डीएनएसँग मेल खाएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा डीएनए मिलेको पाइएको हो ।

भागरथीको हत्या अभियुक्त दिनेशलाई अहिले पुर्पक्षका लागि बाल सुधार गृहमा राखिएको छ । अभियुक्त दिनेशको डीएनए र भागरथीको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले जानकारी दिए ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले विधि विज्ञान प्रयोगशालामा अभियुक्त दिनेशको डीएनए र भागरथीको भजाइनल स्वाब पठाइएको आज मात्रै रिपोर्ट आएको पुष्‍टि गरे । उनले भने, ‘दिनेश नै दोषी हुन् भन्ने आधार प्रहरीसँग प्रशस्त थियो । डीएनए पनि मेल खाएपछि मुद्दा झनै बलियो भएको छ ।’

यसअघि दिनेशले पुर्पक्षमा रहेको अवस्थामा बयान फेरेका थिए । जिल्ला अदालत बैतडीको आदेशपछि डोटीको दीपायलस्थित सुधार गृहमा रहेका दिनेशले भागरथीको हत्यामा आफ्नो संग्लनता नरहेको र हत्यामा संग्लन व्यक्तिलाई आफूले देखेको भन्दै बयान दिएका थिए ।

त्यसअघि, भने दिनेशले आफूले हत्या स्वीकार गरेको भन्दै प्रहरीले फागुन ४ गते उनलाई सार्वजनिक गरेको थियो । सरकारी वलिकको कार्यालय बैतडीमा बुबा दीपकराज भट्टकै अगाडि उनले भागरथीको बलात्कार गरेर हत्या गरेको स्वीकार गरेका थिए । सनातन धर्म मावि खोचलेकबाट माघ २१ गते घर फर्किने बेला हराएकी भागरथीको २२ गते शव भेटिएको थियो । पोष्टमार्टमपछि भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।

 

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  २ : २१ बजे

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार