स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन स्याङ्जा प्रशासनको आग्रह (सूचनासहित) | Khabarhub Khabarhub

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन स्याङ्जा प्रशासनको आग्रह (सूचनासहित)


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– कोरोना संक्रमण बढ्न सक्ने जनाउँदै जिल्ला प्रशासन कार्यालय स्याङजाले स्वास्थ्य सुरक्षा मापदण्डसहित सतर्कता अपनाउन आग्रह गरेको छ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेपछि नेपालमा पनि जोखिम बढ्ने देखिएपछि सजक रहन स्वास्थ्य मन्त्रालयको निर्देशन बमोजिम स्याङजा प्रशासनले सजक रहन आग्रह गरेको हो।

कोभिडविरुद्ध लड्न सबै नागरिकले आवश्यक समन्वय गर्न र स्वास्थ्य मापदण्ड अबलम्बन गर्न प्रशासनको आग्रह छ। प्रशासकीय अधिकृत राजेन्द्र शर्माद्वारा हस्ताक्षरित सूचनामा अति आवश्यक कामबाहेक जिल्लाभित्र भीडभाड हुने किसिमका कार्यक्रम, सभा तथा समारोह संचालन नगर्न आग्रह गरिएको छ ।

विभिन्न ६ बुँदामा उल्लेखित सार्वजनिक सूचनामा पटक पटक हात धुन, सेनिटाइजरको प्रयोग गर्न, हिँडडुल गर्दा अनिवार्य मास्क लगाउन र कम्तीमा २ मीटर सामाजिक दूरी कायम गर्न भनिएको छ।

त्यस्तै, कोभिडको लक्षण देखिएमा तत्कालै तोकिएको स्वास्थ्य संस्थामा गइ कोरोना परीक्षण गराउन र जिल्लाका ११ वटै स्थानीय तहलाई संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै क्वारेन्टाइन र आइशोलेसन केन्द्र तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। होटल, पसल व्यापार सञ्चालन गर्दा जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गर्न गराउन सूचनामार्फत आग्रह गरिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ११ : ५५ बजे

नेपाल भित्रने पर्यटक १२.७५ प्रतिशतले बढे

काठमाडौं– नेपालमा विदेशी पर्यटक आगमन १२.७५ प्रतिशतले बढेको छ ।

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने

नेपालगञ्ज– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा

नेपाललाई हराउँदै वेस्ट इन्डिज ‘ए’ ले जित्यो टी- २० सिरिज 

काठमाडौं- नेपालले वेष्टइण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज एक

साताको अन्तिम कारोबारको दिन नेप्से ७ अंकले घट्यो 

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ७.३१ अंकले घटेको

नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव