म्यान्मारमा छ सय भन्दा बढी प्रदर्शनकारी रिहा | Khabarhub Khabarhub

म्यान्मारमा छ सय भन्दा बढी प्रदर्शनकारी रिहा


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

याङ्गुन (सिन्ह्वा)- म्यान्मारमा सेनाको ‘कू’ विरोधी प्रदर्शनमा लागेका छ सयभन्दा बढी प्रदर्शनकारी रिहा भएका छन् ।

इन्सेन जेलका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाए अनुसार ६२८ प्रदर्शनकारी बुधबार रिहा भएका हुन् ।

‘हामीले आज इन्सेन जेलबाट ३६० जना  पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौ’  कारागारका एक वरिष्ठ अधिकारीले भने । सूचना दिने ती व्यक्तिको नाम गोप्य राखिएको छ ।

म्यान्मारमा सैनिक ‘कू’ शुरुभएयता भएका विरोध प्रदर्शनका क्रममा हालसम्म २७५ जनाको मृत्यु भएको छ ।

यद्यपि जुन्ता सरकारका प्रवक्ताले भने १६४ जनाको मृत्यु भएको जनाएको छ ।  सो प्रदर्शन क्रममा २८ सय भन्दा बढी व्यक्ति पक्राउ परेका पनि समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ६ : २० बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन