१२ किलो गाँजासहित एक युवक पक्राउ | Khabarhub Khabarhub

१२ किलो गाँजासहित एक युवक पक्राउ


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–२ रुमको भिरखर्कका एक युवकलाई प्रहरीले आज लागुऔषध गाँजासहित पक्राउ गरेको छ ।

भिरखर्कका ३४ वर्षीय होमबहादुर पुनलाई १२ किलो ८५० ग्राम गाँजासहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सन्तोष पौडेलको नेतृत्वमा गएको टोलीले गाँजा र पुनलाई नियन्त्रणमा लिएको हो । बोराभित्र हालेर बाख्राको खोरमा लुकाइ राखेको अवस्थामा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

आज रनैबेनीस्थित जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याइएका पुनलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाउने राईले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ९ : ४५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र