जोखिम भत्ता नपाएको भन्दै चिकित्सकद्वारा आन्दोलनको चेतावनी | Khabarhub Khabarhub

जोखिम भत्ता नपाएको भन्दै चिकित्सकद्वारा आन्दोलनको चेतावनी


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरूले कोरोना महामारीमा अग्रपंतिमा रहेर खटिदाको जोखिम भत्ता अविलम्ब उपलब्ध गराउन माग गरेका छन् ।

नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसनले विज्ञप्ति जारी गरी एक वर्षदेखिको कोभिड भत्ता तत्काल उपलब्ध गराउन अस्पताल प्रशासनसँग माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘कोभिड महामारीको विषम परिस्थितिमा समेत सेवा दिनका लागि अग्रपंक्तिमा खटिने आवासीय चिकित्सकहरुको उचित मूल्यांकलन गर्दै नियमानुसार कोभिड भत्ता अविलम्ब उपलब्ध गराउन जोडदार माग गर्दछौँ।’

काम गर्ने बेला अग्रपंतिमा खटाउने तर नियमानुसार प्राप्त गर्नुपर्ने जोखिम भत्ताको विषयमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि मौखिक आश्वासन मात्रै प्राप्त हुनुले यो विषयलाई गम्भीरताको साथ नलिएको भान आफूहरूलाई भएको आवासिय चिकित्सकहरुले बताएका छन् ।

आफूहरुको माग सुनुवाइ नभएमा कडा आन्दोलनमा उत्रन बाध्य हुने र यसको सबै जिम्मेवार‍ त्रिवि अस्पताल प्रशासन हुने पनि आवासीय चिकित्सकहरुले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ७ : ०१ बजे

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको