एलओसी क्षेत्रमा भइरहेको गोलाबारी रोक्न भारत र पाकिस्तानको सेनाबीच सहमति | Khabarhub Khabarhub

एलओसी क्षेत्रमा भइरहेको गोलाबारी रोक्न भारत र पाकिस्तानको सेनाबीच सहमति


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारत र पाकिस्तानको सेनाबीच नियन्त्रण रेखा (एलओसी) तथा अन्य क्षेत्रमा भइरहेको गोलाबारी रोक्ने सम्बन्धमा सहमति भएको छ ।

बिहीबार मध्यरातिदेखि नियन्त्रण रेखा क्षेत्रमा हुँदै आएको गोलाबारी रोक्न दुवै देशबीच सहमति जुटेको हो ।

दुवैतर्फबाट नियन्त्रण रेखामा लगातार संघर्ष बिरामको उल्लंघन भइरहेको अवस्थामा दुवै देशका सेनाका शीर्ष अधिकारबीच वार्ता भएपछि सहमति जुटेको बीबीसी हिन्दीले जनाएको छ ।

संघर्ष बिराम उल्लंघन हुँदा दुवैतर्फको नियन्त्रण रेखा आसपासका गाउँ नराम्ररी प्रभावित हुँदै आएको छ ।

हटलाइनको माध्यमबाट भारत र पाकिस्तानका सेनाबीच वार्ता भएको बताइएको छ ।

यद्यपि, भारतीय सेनाले नियन्त्रण रेखा तथा जम्मू–कश्मीरको आन्तरिक क्षेत्रमा कुनै पनि किसिमको चरमपन्थी विरोधी कारवाही र पाकिस्तानी सेना समर्थित चरमपन्थी घुसपैठको प्रयास भने स्वीकार्य नभएको र त्यस्ता गतिविधि विरुद्धको कारवाहीका लागि कत्ति पनि ढिलाइ नगर्ने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ४ : १५ बजे

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार