विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख नाघ्यो | Khabarhub Khabarhub

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख नाघ्यो


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ८०७ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २५ लाख ७ हजार ७२४ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख १८ हजार ३६३ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा २ लाख ५० हजार ७९ जना, भारतमा १ लाख ५६ हजार ७४२ जना, रूसमा ८४ हजार ४३० जना, बेलायतमा १ लाख २१ हजार ७४७ जना, फ्रान्समा ८५ हजार ३२१ जना, इटालीमा ९६ हजार ६६६ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ३७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या ११ करोड ३० लाख ८३ हजार ३५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ८ करोड ८६ लाख ९९ हजारभन्दा धेरै मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ४ लाख ४९ हजार ४९१ जना निको भएका छन् ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड १८ लाख ७५ हजार ५६४ छ । यसमध्ये ९१ हजार ८५६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ७ : १६ बजे

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका