नागरिक आन्दोलनमाथिको दमनप्रति गगनको कटाक्ष : 'ओलीतन्त्रको अन्त्य हुनु अघिको फटफट्याइँ'  | Khabarhub Khabarhub

नागरिक आन्दोलनमाथिको दमनप्रति गगनको कटाक्ष : ‘ओलीतन्त्रको अन्त्य हुनु अघिको फटफट्याइँ’ 


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागरिक समाजका अगुवामाथि भएको प्रहरी हस्तक्षेपको विषयमा नेपाली कांग्रेसका नेता गगन थापाले कडा कटाक्ष गरेका छन् ।

सोमबार राति सामाजिक सञ्जालमा उनले लेखेका छन,‘नागरिकको आन्दोलनमाथिको दमन र गिरफ्तारी ओलीतन्त्रको अन्त्य हुनु अघिको फटफट्याइ हो ।’

उनले अगाडि भनेका छन्, ‘तानाशाहहरु ढल्नु अघि नागरिकलाई यसरी नै हेप्छन् अनि आफैं सकिन्छन् ।’

प्रतिनिधिसभा विघटनको विरुद्धमा आज नागरिक समाजका अगुवाले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका थिए । प्रहरीले नागरिक समाजका अगुवामाथि पानीको फोहरा हानेको थियो । पानीको फोहरा र लाठी चार्जका कारण प्रदर्शनमा सहभागी भएकाहरुमध्ये केही घाइते भएका थिए ।

प्रदर्शनमा नागरिक समाजका अगुवा कृष्ण पहाडी, खगेन्द्र सङ्ग्रौला, पत्रकार नारायण वाग्ले, लेखक युग पाठक, सञ्जीव उप्रेतीलगायत सहभागी थिए ।

यसैबीच नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार साँझ विज्ञप्ति प्रकाशित गर्दै नागरिक समाजले गरेको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारका तर्फबाट भएको बल प्रयोगको निन्दा गरेका थिए ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘संविधान र लोकतन्त्रको रक्षाको निमित्त सङ्घर्षमा उत्रँदा गरिएको घोर दमनबाट सरकारको चरम अलोकतान्त्रिक चरित्र उदाङ्गो भएको छ ।’

नागरिक आन्दोलनले सञ्चालन गरेको सङ्घर्षप्रति आफ्नो पार्टीले सम्मान व्यक्त गर्दै घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  १० : १४ बजे

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

देउखुरी– २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि

सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट टीका थापा मन्त्रीमा नियुक्त

धनगढी– सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले

संगठन कमजोर थियो, कम मत आयो : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले इलाममा

इन्स्टाग्रामको युजरनेम यसरी बदल्न सकिन्छ

काठमाडौं– पछिल्लो समय इन्स्टाग्राम चलाउनेको संख्या निकै छ । टिकटक

नक्कली नोटसहित वीरगंजबाट दुई जना पक्राउ

पर्सा– वीरगंज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १