सेनाको टोलीद्वारा २५ नाल भरुवा बन्दुक बरामद | Khabarhub Khabarhub

सेनाको टोलीद्वारा २५ नाल भरुवा बन्दुक बरामद


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेना र शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज कार्यालयको टोलीले शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रबाट २५ नाल भरुवा बन्दुक बरामद गरेको छ ।

यही माघ ७ गतेदेखि ११ गतेसम्म स्थानीय जनप्रतिनिधिसमेतको सहयोगमा उक्त परिमाणमा हतियार बरामद भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

माघ ७ गते जगदुल्ला गाउँपालिकाबाट स्थानीय जनप्रतिनिधिको रोहवरमा १६ नाल भरुवा बन्दुक बुझेको, १० र ११ गते सोही गाउँपालिकाको सिम्लौना भन्ने स्थानमा रहेको गोठमा सर्च गर्दा २ नाल भरुवा बन्दुक फेला परेको निर्देशनालयले जनाएको छ ।

यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष, मध्यवर्ती अध्यक्ष तथा स्थानीयको रोहवरमा पुनः थप ७ नाल भरुवा बन्दुक सेनाको टोलीले बुझेको जनाइएको छ ।

माघ १० र ११ गते बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत दाङ जिल्लाको बबई गाउँपालिका–१ को खयरखुट्टीस्थित एक जनाको घरबाट समेत एक नाल भरुवा बन्दुक बरामद गरी बाँके राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  १० : ०५ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन